बढ्यो सुनको मूल्य, चाँदी स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जनाएको छ ।

महासंघले आजको कारोबार मूल्य तोक्दै सुन तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो । यस्तै, आज चाँदीको बिक्री मूल्य स्थिर छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ थियो । सुनको मूल्य बढेको दिन चाँदीको कारोबार मूल्य भने स्थिर छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत साताको शुक्रबारकै कारोबार मूल्यमा खरिद÷बिक्री भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ छ ।