काठमाण्डौ महानगर : बालेन साहको अग्रता कायमै, केशव स्थापितभन्दा सिर्जना सिंह अगाडि

काठमाण्डौसहित पाँच वटा महानगरपालिकाको मत गणना चलिरहेको छ ।

पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत पाउनु भएको छ । कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत प्राप्त गर्नुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा पुग्नु भएको छ । उहाँले २१ हजार ८ मत पाउनु भएको छ ।

काठमाण्डौ महानगरको १ लाख ६ हजार ३ सय ५२ मत गनिसकिएकाे छ । अब ८४ हजार ८ सय ३४ मत गन्न बाँकी छ ।