ध्वनीखबरमा प्रकाशित प्रायोजित र तथ्यहिन समाचारप्रति गम्भीर ध्यानाकर्षण

यस विषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा के–कस्तो उजुरी परेको छ त्यस विषयमा म काशीराम शर्मालाई कुनै जानकारी छैन । ध्वनीखबर डटकम अनलाइन पत्रिकामा प्रकाशित मेरो बारेमा आएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

अनलाइन पत्रिकामा प्रकाशित ‘जबरजस्ती करणीमा बाँकेका पत्रकार ‘काशी शर्मा’ प्रहरी खोरमा’ भन्ने शीर्षकमा प्रकाशित तथ्यहिन, मनोगत र कपोलकल्पित प्रायोजित समाचार मेरो चरित्र हत्या गर्ने उद्देश्यले पत्रकारिताको सिद्धान्त र धर्म विपरित लेखिएको छ । म २०७९ जेठ २ गतेदेखि भारतमा छु ।

तर समाचारमा बाँके प्रहरीले म्याद थप गरी अनुसन्धान अगाडी बढाएको भन्ने तथ्यहिन समाचारले सिंगो पत्रकारिताकै उपहास गरेको छ । यो समाचारप्रति मेरो घोर आपत्ति, निन्दा र भत्र्सना रहेको छ । समाचारमा पत्रकार निकट रहेका राजनीतिक दलका नेताको दबावको कारण खोरमुक्त भएको भन्ने खबर पनि चर्चामा आएको भनिएको छ ।

म डेढ बर्षदेखि कुनै पनि राजनीतिक दलसँग आवद्ध नभएर स्वतन्त्ररुपमा पत्रकारिता गर्दै आएको छु । यो समाचार सरासर गलत र व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले लेखिएको प्रायोजित समाचार रहेको मेरो ठहर छ । म प्रहरी खोरमा रहेको भन्ने समाचार झुटो, आधारहिन र प्रायोजित रुपमा लेखिएको हो । यसरी कसैको चरित्र हत्या गर्ने उद्देश्यले वास्तविकता नबुझेरै समाचार लेख्नु पत्रकारिताको धर्म र सिद्दान्त विपरित रहेको पनि मेरो ठहर छ ।

स्थानीय तहको निर्वाचन २०७९ नजिकिँदै गर्दा भिमदत्त नगरपालिका वडा नं. १ कञ्चनपुर बस्ने बुवा गगनसिंह भण्डारी र आमा नारी सिंहको नाम बताउँदै मोवाइल नम्बर ९८५८०३२२५१ बाट मेरो ह्वाट्स अपमा बारम्बार फोन आउन थाल्यो । त्यो नम्बरमा यसअघि कहिले पनि सम्पर्क र कुराकानी भएको थिएन । त्यो व्यक्तिसँग अहिलेसम्म पनि कहिँकतै प्रत्यक्ष भेटघाट भएको छैन । बारम्बार फोन आउन थाले पनि केही दिनसम्म मैले वास्ता पनि गरिन ।

धेरै दिनसम्म फ्लोअप गरेपछि मैले त्यो ह्वाट्स अप नम्बरमा कुराकानी गरे । त्यो व्यक्तिले कुराकानीकै क्रममा तपाईको अनलाइनमा कर्मचारी आवश्यकता भन्ने विज्ञापन रहेछ, मलाई जागिर दिनुपर्यो भनेर भन्यो । मैले पत्रकारितासँग सम्बन्धीत काम भएमा काममा लगाउन सकिने तर यस विषयमा निर्वाचनपछि कुरा गरौला भनेको थिए । मैले सत्यपाटी डटकम अनलाइनमा कर्मचारी आवश्यकता भनेर विज्ञापन गरेको थिए, र अहिले पनि त्यो विज्ञापन अनलाइनमै देख्न सकिन्छ ।

आफ्नै घरमा कार्यालय रहेकाले म जरुरी काम नपरेसम्म घरबाट कहिले पनि बाहिर निस्किँदैन । २०७९ बैशाख २५ गते विश्व रेडक्रस दिवस परेकाले म रक्तदान गर्नका लागि घरबाट निस्किँदै गर्दा नेपालगन्जको न्यूरोडस्थित मिस्टर बेकरमा पत्रकार रामु ओली, जनक केसी लगायतका साथीहरुसँग भेट गरेर कालो कफी लिएपछि जनक केसी र म नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकमा गएका थियौं । त्यहाँ रक्तदान गरेपछि म र जनक केसी भेरी अस्पताल अगाडी पूर्वतर्फ रहेको रेष्टुरेन्टरमा खाजा खाएर छुट्टिएका थियौं ।

त्यसपछि म कामको सिलसिलामा जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमूख जिल्ला अधिकारी टोपेन्द्र केसीलाई भेट्न पुगेको र उहाँ राप्तीसोनारी गाउँपालिकामा निर्वाचन अधिकृतका रुपमा खटिएकोले आफू अगैयामा रहेको फोनमार्फत जानकारी दिएपछि म कार्यालयमा रहेका कर्मचारी नहकुल सरसँग कुराकानी गरेर फर्किएको थिए । त्यहाँबाट निस्किएर जिल्ला प्रशासन कार्यालयकै पूर्व कर्मचारी हाल कारकाँदोस्थित सडक डिभिजिन कार्यालयमा कार्यरत कर्मचारी रोम केसीसँग फोनमा कुराकानी भएपछि उहाँलाई भेट्न उहाँकै कार्यालयमा पुगेको थिए ।

कार्यालय समय सकिँदै गर्दा उहाँ र मेरो बीचमा खाजा खाने सल्लाह भएपछि उहाँको सरकारी नम्बरको मोटरसाइकल उहाँकै घरमा छाडेर मेरो मोटरसाइकल चढेर हामी यातायात कार्यालय नजिकै रहेको उहाँकै चिनजानको रेष्टुरेन्टमा चिया खाएर त्यहाँबाट हामी विपी चोकमा रहेको गण्डकी भान्छा घरमा खाजा खानका लागि गएका थियौं । त्यहाँ खाजा खाँदै गर्दा वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत नेपाल प्रहरीका बरिष्ठ सई माधव रिजालसँग फोनमा सम्पर्क भएपछि उहाँ पनि त्यहाँ आउनुभयो र खाजा खाएर हामी निस्किएका थियौं ।

घर निस्किने क्रममा मैले गण्डकी भान्छा घरबाट तीन प्लेट मःम प्याक गर्न लगाएर मोटरसाइकलमा झुण्डाए । त्यसपछि म रोम केसीलाई छाड्नका लागि उहाँको घर (सिद्धार्थ होटलको पूर्वतर्फ भित्री बाटोमा) सम्म पुगेर फर्किँदै गर्दा सडक डिभिजन कार्यालयको पूर्वपट्टी रहेको चौतारी दोहोरी साँझमा निकै हल्ला भएको सुनेर त्यहाँबाट वडा प्रहरी कार्यालय नेपालगन्जका इन्स्पेक्टर (नयाँ भएकाले नाम थाहा भएन)को कार्यालयको मोवाइल नम्बर ९८५८०९०३९९ मा फोन गरेर बादविवाद हुन सक्ने जानकारी गराएर म आफ्नो घरमा पुगेको थिए । त्यसयता म कुनै दिन घर बाहिर निस्केको थिएन ।

२०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनका क्रममा नेपालगन्ज वडा नं. १ स्थित धम्बोझी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा गएर मतदान गरी त्यहाँबाट वडा नं. ४ को मतदान स्थल, वडा नं. १० को मतदान स्थल, वडा नं. ८ को मतदान स्थल र वडा नं. २२ को मतदान स्थलमा पुगेर मतदान गरेका तस्वीरहरु खिचेर फर्किएपछि म त्यसयता घर बाहिर निस्किएको थिएन । त्यसपछि निर्वाचन सकिएसँगै २०७९ जेठ २ गते म स्वास्थ्य उपचार तथा अन्य कामको सिलसिलामा भारतको गुजरात आएको छु ।

म नेपाल बाहिर निस्किएपछि सुनियोजित रुपमा फसाउने उद्देश्यले मेरा नाममा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिइएको भन्ने समाचार ध्वनीखबर डटकम अनलाइन पत्रिकामार्फत थाहा पाए ।  म बाँके जिल्लामा नभएको थाहा पाएर सुनियोजित रुपमा मलाई फसाउन केही प्रायोजित व्यक्तिले मेरो चरित्र हत्या गरेका छन् । यदी मुद्दा परेको भएमा म भारतबाट फर्किएलगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेको सम्पर्कमा आउनेछु । यस विषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।