६९१ स्थानीय तहको मत परिणाम : कांग्रेस ३०८, एमाले ११८ र माओवादी ११८ पालिकामा विजयी

वैशाख ३० गते भएको ७५३ स्थानीय तहमध्ये ६९१ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणामले नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ ।

अघिल्लो निर्वाचनमा २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको नेकपा एमाले अहिले १८८ स्थानीय तह जितेर दोस्रो स्थानमा खुम्चिएको छ । अघिल्लो पटक २६६ स्थानीय तह जितेर दोस्रो पार्टी भएको नेपाली कांग्रेस यसपटक भने ३०८ स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ ।

अझै पनि ६२ स्थानीय तहको मतपरिणाम आउँन बाँकी छ । तर, पहिलो र दोस्रोमा कांग्रेस र एमालेको स्थानमा परिवर्तन आउने अवस्था छैन । विगत चुनावमा १०६ स्थानीय तह जितेको नेकपा माओवादी केन्द्र ६२ स्थानीय तहको परिणाम आउन बाँकी रहँदै ११८ स्थानीय तह जितेर तेस्रो स्थान सुरक्षित गरेको छ ।

चौथो स्थानमा जनता समाजवादी पार्टी छ । उसले अहिलेसम्म २७ स्थानीय तह जितिसकेको छ । एमालेबाट फुटेर भर्खरै बनेको नेकपा एकीकृत समाजवादी पार्टीले २१ स्थानीय तह जितेर पाँचौ स्थान सुरक्षित गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी भने ९ स्थानीय तह जितेर छैटौं स्थानमा छ ।