बाँकेको डुडुवा–१ मा कांग्रेसको प्यानलै विजयी

बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ ।

वडा नम्बर १ मा कांग्रेसको पूरै प्यानल विजयी भएको छ । वडाध्यक्षमा पाटेश्वर कुर्मी १४१ मतान्तरले विजयी भएका छन् ।

उनले ८४२ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका कृष्णगोपाल यादवले ७०१ मत पाएका छन् । कुर्मी यसअघि पनि वडाध्यक्ष थिए ।