दार्चुलाको अपिहिमालमा माओवादीका भगतसिंह विजयी

दार्चुलाको अपीहिमाल गाउँपालिकामा गठबन्धन विजयी भएको छ । अपी हिमाल गाउँपालिकामा नेकपा माओवादी केन्द्रका भगत सिंह ठेकरे बोहरा विजयी भएका छन् । ठेकरे २ हजार ३०४ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका धर्मानन्द मन्याल १ हजार ३८५ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी देबकी बोहरा २ हजार २७ मतसहित विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी एमालेकी उर्मिला बोहरा १ हजार ३९१ मत प्राप्त गरेकी छन् ।

६ वडा रहेको गाउँपालिकामा सबै वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा नं.१ मा नेपाली कांग्रेसका पोखर सिंह रोकाया, वडा नं.२ मा कांग्रेसकै रामसिंह धामी, वडा नं.३ मा कांग्रेसकै गगन सिह कार्की विजयी भएका छन् ।

त्यस्तै वडा नं.४ मा माओवादी केन्द्रका रबिन्द्र बोहरा वडा नं.५ मा माओवादीकै राजेन्द्र धामी र वडा नं.६ मा माआवादीकै दानसिंह धामी प्यानलसहित विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा पराजित मन्याल यस गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् ।