हुम्लाको खार्पुनाथमा काँग्रेसका रावल र माओवादीका सिंह विजयी

हुम्लाको खार्पूनाथ गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । रावल १ हजार ८१० मत ल्याएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार प्रकाशबहादुर शाहीले १ हजार १९५ मत पाए ।

गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह १ हजार ८७२ मत प्राप्त गरेर विजयी बने । सिंहका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत ल्याए ।