जानकीमा काँग्रेसको अग्रता, जसपा पछ्याउँदै, एमाले तेस्रो

बाँकेको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छब्बन खाँले अग्रता कायमै राखेका छन् ।

वडा नम्बर १ को सबै मत ३२४२ र वडा नम्बर २ को हालसम्म ७०० मतगणना हुँदा खाँले १४७८ मतका साथ अग्रता कायमै राखेका हुन् ।

जसपाका राजिब बर्मा दोस्रो स्थानमा रहँदै ७९९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका एमालेका हिमान्शु यादवले ६३७ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै रामप्यारी यादवले १४७४ मत ल्याएकी छिन् । नेकपा माओवादी केन्द्रका रक्षाराम बर्माले ५५१ मत र एमालेकी भूमिसरा धितालले ४०२ मत पाएकी छिन् ।