बाँकेको राप्तीसोनारीमा एमालेका रामदासको अग्रता

बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारुले २१७ मतले अग्रता लिएका छन् । कांग्रेसका तप्त पौडेल दोस्रो स्थानमा छन् ।

१०६२५ मतगणना गर्दासम्म एमालेका थारुले ३८२५ मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका पौडेल ३६०८ मतका साथ दोस्रो स्थानमा छन् । पौडेल थारुभन्दा २१७ मतले पछि छन् भने माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले २१५६ मत ल्याएका छन् ।

त्यस्तै जसपाका प्रेम डाँगीले ३५ मत पाएका छन् । यस्तै उपाध्यक्षमा एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको ३९०९, कांग्रेसकी मनिषासिंह थारुको ३५८५ र माओवादीकी मन्जु रोकायले १८५३ मत पाएका छन् । मतगणना जारी छ ।