बाँकेका ७ वटा वडाको अन्तिम नतिजा (परिणामसहित)

बाँकेका ८१ वटा वडामध्ये ७ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म काँग्रेस, एमाले र जसपा २/२ र नेकपा माओवादी केन्द्रले १ वटा वडा जितेका छन् ।

कांग्रेसले नेपालगन्ज २३ र खजुरा १, एमालेले राप्तीसोनारीका १ र ३, जसपाले जानकी १ र नेपालगन्ज २२ तथा माओवादीले कोहलपुर १ मा जित हासिल गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी भएका छन् । नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी भएका छन् ।

यस्तै जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो.रजा राई, राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का, राप्तीसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु, कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्रीप्रसाद जैसी र खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी भएका छन् ।