गौर–१ मा एकीकृत समाजवादीका चौधरी विजयी

रौतहटको गौर नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका लालबाबु चौधरी निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष भरत साहलाई ३०१ मत अन्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।

चौधरीले कुल ८१५ मत ल्याउँदा उनका प्रतिस्पर्धी लोसपाका भरत साहले ५१४ मत प्राप्त गरेका छन् ।

अध्यक्ष नेपालको गृहनगर रौतहटको गौरमा नेकपा एकीकृत समाजवादीका शम्भु साहको अग्रता कायमै छ ।