काठमाडौंमा बालेन र सुनीता अग्रस्थानमा

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह अहिलेसम्म अग्रस्थानमा रहेका छन् ।

दुई हजारभन्दा बढी मतसहित उनको अग्रता कायम छ । उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५२ मत ल्याएकी छन् ।

नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १ हजार ६ मत ल्याएकी छन् । नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १ हजार १६४ मत ल्याएका छन् ।