धरानमा कांग्रेसको अग्रता, स्वतन्त्रले पछ्याउँदै, एमाले अन्तिमतिर

धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले अग्रता लिएका छन् ।

तीन हजार ९०० मत गणना हुँदा उनले एक हजार ३८९ मत प्राप्त गरेका हुन् । उनलाई स्वतन्त्र उम्मदेवार हर्क साङ्पाङले पछ्याइरहेका छन् ।

उनले एक हजार २८ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार एमालेकी मञ्जु भण्डारीले ७८९ पाएकी छिन् ।

धरानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।

उपप्रमुखतर्फ पनि नेकपा माओवादी केन्द्रका आइन्द्र बेघाले एक हजार ६०३ मत प्राप्त गरेका छन् । उनलाई एमालेका पदम लिम्बुले झिनो मतले पछ्याइरहेका छन् । उनले २२१ मत मात्रै प्राप्त गरेका छन् ।