रोल्पाको सुनिलस्मृति-२ मा लौरो विजयी

रोल्पाको एक वडामा स्वतन्त्र उम्मेदवार जित हासिल गरेका छन् ।

जिल्लाको सुनिलस्मृति गाउँपालिका २ खुङग्रीमा नेपाली कांग्रेसका बागि उमेद्वार नेत्रबहादुर गिरीले दोस्रो पटक पनि स्वतन्त्रबाट वडाध्यक्ष जितेका हुन् ।

कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका गिरीले लौरो चिन्हबाट लडेका गिरीले ५०७ मत ल्याएका छन् । उनले अघिल्लो स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्रबाटै जितेका थिए ।

कांगे्रसले बागी उठेको भन्दै कार्बाही गरे पनि पछि फिर्ता ल्याएको थियो । यो पटक फेरी टिकट नपाएपछि उनी लौरो चिन्हबाट चुनाबी मैदानमा होमिएका थिए ।