भरतपुर महानगरमा रेनुको अग्रता कायमै

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन् । २ हजार ९६८ मत गन्दा दाहालले १ हजार १०५ मत प्राप्त गरेकी छन् ।

दाहाललाई एमालेका विजय सुवेदीले पछ्याईरहेका छन् सुवेदीले १ हजार ७ मत पाएका छन् । अहिले मतान्तर ९८ को भएको छ । यहाँ मतगणना सुरु हुँदा विजय सुवेदीले अग्रता लिएका थिए भने कुनै समयमा दुवै उम्मेदवारले बराबर मत पाएका थिए ।

प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ३९० मत लिएर दाहाल र सुवेदीलाई पछ्याइरहेका छन् । पछिल्लो पटक भने रेणुले अग्रता बढाउँदै लगेकी छन् । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत ल्याएर आफुलाई अग्रस्थानमा राखेका छन् ।

उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले ८३० मत प्राप्त गरेकी छन् । वडाध्यक्षमा कांग्रसका केशव महर्जनले १ हजार २४४ मत प्राप्त गरेका छन् । महर्जनलाई एमालेका शुक्रबहादुर श्रेष्ठले १ हजार १९९ मत ल्याएर पछ्याएका छन् ।