प्रधानमन्त्रीको गृह पालिकामा कांग्रेसका कार्की विजयी

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

कार्कीले ३ हजार ३८४ मत पाप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाए । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएका छन् ।

उनले तीन हजार १३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाप्त गरेका छन् । प्रधानमन्त्री देउवाले वडा नं १ को रुवाखोलाबाट मतदान गरेका थिए ।