रुकुमपूर्वको पुथाउत्तरगंगामा माओवादीको प्यानलै विजयी

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका वीरमान कामीको प्यानलै विजयी भएको छ ।

कामीले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार छाया पुनलाई पछि पार्दै विजयी भएका हुन् । एमालेका उम्मेदवार पुनले ३ सय २६ मत ल्याउँदा माओवादी केन्द्रका कामीले ४ सय मत प्राप्त गरेका छन् ।

यसैगरी महिला सदस्य मल्ति पुनले ४ सय ८ मत, दलित महिला सदस्य लक्षिण नेपाली ४ सय ४ मत, खुला सदस्य धन पुनले ३ सय ८४ र विक्रम पुन ४ सय ६ मत ल्याएर विजयी भएका छन् ।