नरैनापुरमा कांग्रेसका रामचन्द्र मौर्यकाे अग्रता

बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्षमा फेरि कांग्रेसका रामचन्द्र मौर्यले अग्रता लिएका छन् ।

वडा नम्बर ६ को १ हजार ३ मत गणनामा मौर्यले २ सय ७५ मत पाएका छन् ।

त्यस्तै जसपाका इश्तियाक अहमश शाहको २ सय ५६ मत पाउँदा एमालेकी पदमावती यादवनीको २ सय १८ मत पाएकी छिन् ।

उपाध्यक्षमा भने एमालेका पञ्चराम यादवले २ सय ४१ मत पाएके अग्रता पाएका छन् ।

साथै कांग्रेसकी अतिकुन निशा खाँको २ सय १२ मत पाउँदा जसपाकी जयन्तीदेवी श्रीवास्तवले भने १ सय २९ मत पाएकी छिन् ।

वडा अध्यक्षमा कांग्रेसका प्रेमचन्द्र मौर्यको नै अग्रता रहेको छ ।