नेपालगन्जमा १८० मत अन्तरले विष्टको अग्रता

नेपालगन्ज उप–महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले १ सय ८० को अन्तरले अग्रता लिइरहेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २३ को मतगणनामा हुँदा विष्टले ३ सय ५ मत प्राप्त गरेर अग्रपंतीमा रहेको छन् ।

नेपालगन्जको प्रमुख पदका उम्मेदवार नेकपा एमालेका पशुपतिदयाल मिश्रले १ सय २५ प्राप्त गर्दा राप्रपाका नन्दलाल बैश्यले ७९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उप–प्रमुखमा जनता समाजवादी पार्टी(जसपा)का कमरुद्दीन राईले २ सय १६ मत ल्याएर अग्रपंतीमा रहेका छन् । साथै नेकपा एमालेकी शान्ति ढकाल भने १ सय २२ र राप्रपाकी बिन्दु चर्तीमगरले ९४ मत प्राप्त गरेकी छिन् ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २३ मा नेपाली कांग्रेसका जब्बार अलि बेहना वडाध्यक्षमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी मोहम्मद हुसेन शेखलाई हराएका हुन् ।

बेहनाले २ सय ३२ मत प्राप्त गर्दा शेखले भने १ सय ९४ मत प्राप्त गरे । बेहना नेपाली कांग्रेसका बुथ सभापति हुन भने शेख यसअघिका वडाध्यक्ष हुन् ।