सिन्धुपाल्चोकको बाह्रविसे र जुगल–१ मा कांग्रेस विजयी

बाह्रविसे नगरपालिका र जुगल गाउँपालिकामा वडाध्यक्ष जित्दै सत्तारुढ नेपाली कांग्रेसले खाता खोलेको छ ।

बाह्रविसे–१ मा वडाध्यक्षसहित प्यानलै कांग्रेस उम्मेदवार बिजयी भएका छन् । कांग्रेस उम्मेदवार आङदोर्जे शेर्पा १९८ मतान्तरले अध्यक्षमा निर्वाचित भए ।

उनले निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार प्रेमकुमार मगरलाई परिाजित गरे । शेर्पाले ४१५ मत ल्याउँदा मगरले २२७ भोट मात्र पाए ।

अन्य चार वडा सदस्यमा पनि कांग्रेस उम्मेदवार नै बिजयी भएका छन् । यहाँ वडा नं.१ बाट मतगणना थालिएको थियो । अहिले वडा नं.२ को मतगणना भइरहेको छ ।

त्यस्तै जुगल गाउँपालिकामा पनि कांग्रेसले जितको खाता खोलेको छ । जुगल–१ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार जनक लामा बिजयी भएका छन् ।

उनले एकीकृत समाजवादी–माओवादी गठबन्धनका उम्मेदवार कमल थापालाई ७ मतको झिनो अन्तरले हराए । लामाले ५८४ र थापाले ५७७ मत ल्याए ।

पराजित थापा निवर्तमान वडाध्यक्ष हुन् । अघिल्लो निर्वाचनमा उनी एमालेबाट उम्मेदवार भइ अध्यक्ष निर्वाचित भएका थिए । अहिले यहाँ वडा नं.२ को मतगणना भइरहेको छ ।