नेपालगञ्जमा १ सय ९८ मत गन्दा कांग्रेसको अग्रता

बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

वडा नम्बर २३ मा १ सय ९८ मत गणना हुँदा मेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका प्रशान्त विष्टले ७९ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका पशुपत दियाल मिश्राले २६ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा भने गठबन्धनबाट जसपाका कमरुद्दिन राईले ६८ मत सहित अग्रता लिनुभएको छ ।

नेपालगञ्जमा ८१ हजार ७ सय ९४ मतदाता रहेकामा हिजाे भएकाे मतदानमा ६१ हजार २ सय ५ मत खसेको थियाे ।