डोल्पाको गजदुल्ला गाउँपालिकामा माओवादी विजयी

नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ ।

माओवादीका उम्मेदवारले एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन् । माओवादीबाट अध्यक्षका उम्मेदवार नरसिंह रोकायाले ७७० मत पाएका छन् ।

निर्वाचन आयोगका अनुसार रोकायाका प्रतिद्वन्द्वी एमालेका हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेर उपविजेता बनेका छन् । यसैगरी उपाध्यक्षमा माओवादीकी अमरिता बोहरा ७५९ मतका साथ विजयी हुँदा एमालेकी चन्द्रावती थापा उपविजेता बनिन् ।