बाँकेको राप्तीसोनारी गाउँपालिकामा कांग्रेसको अग्रता

बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले सुरुवाती अग्रता लिँदै ११३ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत टोपेन्द्र केसीका अनुसार नेकपा एमालेका तर्फबाट अध्यक्षका पदका उम्मेदवार रामदास थारुले १०४ र नेकपा (माओवादी केन्द्र)का तर्फबाट अध्यक्ष पदका उम्मेदवार पट्टु थारुले ४९ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्ष पदमा एमालेका उम्मेदवार चमेली बागवलले १०७, कांग्रेसकी मनिषासिंह थारुले १०५ र माओवादी केन्द्रकी मञ्जु रोकायले ४७ मत प्राप्त गरेकी छन् । गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना अहिले चलिरहेको छ ।