स्थानीय तह निर्वाचन

बाँकेको खजुरामा गठबन्धनको अग्रता

बाँकेको खजुरा गाउँपालिकाको स्थानीय तह निर्वाचनको मतगणना सुरु भैरहेको छ । १ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम सार्वजनिक भएको छ ।

हालसम्म १०३० मतगणना हुँदा अहिले गठबन्धनले अग्रता कायम गरेको छ । खजुरा वडा नं. १ को १०३० मतगणना हुँदा कांग्रेस–माओवादी गठबन्धनका अध्यक्षका उम्मेदवार डम्बर बिक तुफान ५१९ र एमालेका अध्यक्षका उम्मेदवार सुमन मल्लले ५११ मत ल्याएका छन् ।

कांग्रेस–माओवादी गठबन्धनकै उपाध्यक्षका उम्मेदवार मञ्जु मल्लले ५१९ र एमालेका अध्यक्षका उम्मेदवार जागरुन निशाले ५११ मत ल्याएका छन् । राप्रपाले अध्यक्षमा १६ मत ल्याएको छ । पहिलो चरणमा खजुरामा खजुरा गाउँपालिका वडा नम्बर १ बाट मतगणना गर्न थालिएको छ ।

www.satyapati.com