धुलिखेलमा घोडा अघिअघि, सुर्य पछिपछि, गठबन्धन कमजोर

काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवारको अग्रता देखिएको छ । १२८४ मत गणना हुँदा स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले अग्रता लिएका छन् ।

उनले ५७२ मत प्राप्त गरेका छन् । बस्नेत नेपाली कांग्रेसको नगर सभापति थिए । उनले गठबन्धनको विरोधमा स्वतन्त्र उमेदवारी दिएका थिए । उनै बस्नेतले अहिलेसम्म अग्रता हासिल गरेका हुन् ।

त्यसैगरी नेकपा एमालेका उमेदवार अशोककुमार ब्यान्जुले ४६७ मत प्राप्त गरेका छन् भने गठबन्धनका आधिकारिक उमेदवार दयासागर श्रेष्ठ निकै पछि छन् । उपमेयरमा कांग्रेस अघि देखिएको छ ।

धुलिखेल नगरपालिका १ मा भने कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन् । उनी १०६ मतको अन्तरले विजयी भएका हुन् ।