बझाङका चार पालिकामा एमालेको अग्रता

बझाङमा चार पालिकामा मतगणना सुरु भएको छ । जिल्लाको बुंगल नगरपालिका, वित्थडचिर, खप्तडछान्ना र मष्टा गाउँपालिकामा मतगणना सुरु गरिएको हो । मतगणना सुरु भएका सवै पालिकामा नेकपा एमालेको अग्रता रहेको छ ।

मतगणना थालिएको मष्टा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । पालिकाको अध्यक्षका उम्मेदवार नेकपा एमालेका दिपक रोकायाले मष्टा गाउँपालिकामा यती वेला अग्रता लिएका छन् ।

वडा नं. १ को ४०१ मत गणना भइरहँदा रोकायाले २२५ मतले अग्रता कायम गरेका छन् । त्यसैगरी गठबन्धनका तर्फवाट साझा उम्मेदवार वनेका नेपाली कांग्रेसका ज्ञानबहादुर बोहराले १४४ मत पाएका छन् । त्यसैगरी वित्थडचिर गाउँपालिकामा पनि नेकपा एमालेले अग्रता लिएको छ ।

वित्थडचिर गाउँपालिकाको वडा नं. १ को ४०८ मत गणना हुँदा नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र बोहराले २३१, नेपाली कांग्रेसवाट पालिका अध्यक्षका उम्मेदवार रहेका अमर महरले १२६ मत र नेकपा एकीकृत समाजवादीका जय बोहराले १५ मत प्राप्त गरेका छन् ।

यस्तै खप्तडछान्ना गाउँपालिकामा पनि नेकपा एमालेको अग्रता कायम गरेको छ । खप्तड छान्ना गाउँपालिका वडा नं. १ मा ४९४ मतगणना हुँदा एमालेले अग्रता कायम गरेको छ । नेकपा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर सिंहले २५६ मत पाउँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उत्तमकुमार रोकायाले २३८ मत पाएका छन् ।

अव खप्तडछान्ना गाउँपालिका वडा नं. १ को २५१ मत गणना हुन बाँकी रहेको छ । नेटवर्कको समस्याका कारण बुंगल नगरपालिकाको अपडेट भने प्राप्त हुन सकेको छैन ।