घाइते मेयर उमेदवार केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

तनहुँको व्यास नगरपालिकाको प्रमुख पदका स्वतन्त्र उमेदवार दीपकराज जोशीलाई काठमाडौं ल्याउन लागिएको छ । आज तनहुँकै रिस्तीमा उनीमाथि कुटपिट हुँदा टाउकोमा चोट लागेको छ ।

दमौली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई चिकित्सकको सिफारिसमा काठमाडौं ल्याउन लागिएको हो । जोशीलाई काठमाडौं पठाउन हेलिकोप्टर मगाइएको जोशीको सचिवालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत रिस्तीमा आफ्ना बुथ प्रतिनिधिविनै मतदान गराइएको भन्दै जोशीले प्रश्न उठाएका थिए । त्यसक्रममा उनीमाथि आक्रमण भएको थियो । इँटा प्रहारबाट जोशीको टाउकोमा चोट लागेको छ ।