आमाको किरियामा बसेका तीन भाइले एक घण्टा हिँडेर मतदान गरे

मुगुको खत्याड गाउँपालिकामा आमाको किरियामा बसेका तीन दाजभाइले मतदान गरेका छन् ।

खत्याड गाउँपालिका ८ सुकाढिक गाउँका कविराज, विरबहादुर र जयसुर कार्कीले एक घण्टाको उकालो हिँडेर मतदान केन्द्रमा पुगी मत दिएका हुन् ।

कबिराज कार्की नेपाल टेलिभिजन मुगु जिल्ला संवाददाता हुन् ।