आज र भोलि मतदाता शिक्षा दिँदै निर्वाचन आयोग

निर्वाचन आयोगले वैशाख २८ (आज) र २९ (भोलि) गते मतदाता शिक्षा दिने भएको छ ।

निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छ ।

टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ । निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यसपटक अघि नै गरिने भएको हो । वैशाख ३० गते निर्वाचन हुँदैछ ।