आईपीएलमा कोलकाताले मुम्बईलाई ५२ रनले हरायो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको छ ।

गएराति भएको खेलमा काेलकाताले दिएको दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो ।

मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय पारी खेले । काेलकाताका प्याट कमिन्सले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काेलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । काेलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन जोडे ।

मुम्बईका जस्प्रित बुम्राहले ५ तथा कुमार कार्तिकेयाले २ विकेट लिए । जितसँगै काेलकाताले १२ खेल १० अङ्क जोडेको छ । काेलकाता अङ्क तालिकाको सातौँ स्थानमा छ ।

मुम्बई ११ खेलमा ४ अङ्कसहित पुछारमा छ ।