लामालाई एआइजी बढुवाका लागि सिफारिस

प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूह तर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि लामालाई सिफारिस गरिएको हो ।

बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले शुक्रबार एक सूचना जारी गरी लामालाई बढुवाका लागि सिफारिस गरिएको जनाएका छन् ।