‘आमा’ सार्वजनिक (भिडियोसहित)

प्रितम आचार्यको स्वरमा रहेको आमा गीत सार्वजनिक भएको छ । रङ्गकर्मी सरस्वती अधिकारी, प्रितम आचार्य, रौनक गर्तौला र अभिश्री बस्नेतको अभिनयमा रहेको गीत गत शुक्रबार सार्वजनिक गरिएको निर्माण टीमले जनाएको छ ।

‘आमा गीत अरू गीतभन्दा फरक रहेको छ । किनभने आमा सम्बन्धी बजारमा सयौं गीतहरू बनिएका छन् । प्रायःजसो आमा नभएको वियोगान्त गीतहरू मात्रै रहेको सन्दर्भमा हामीले संयोगान्त आमाकै उपस्थित रहेको गीत बजारमा ल्याउन लागेको,’ आमा गीतका संगीतकार किरण कडेलले बताए ।

गीतमा शब्द रचना रूवि पाण्डेको रहेको छ । गीतको रेकर्ड प्राज्ञ साउन्ड स्टुडियोमा गरिएको हो । सन्तोष बस्नेतको निर्देशनमा तयार पारिएको उक्त गीतमा प्रोडक्सन म्यानेजका रूपमा दिनेशराज सिवाकोटी रहेका छन् । गीत आमाको मुख हेर्ने दिन पारेर सार्वजनिक गरिएको हो । गीत प्रज्ञास्वरी युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।