‘छक्कापञ्जा ४’ असार बाट छायांकनमा जाने

छक्का पन्जा ३’ पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिम यति बेला ‘छक्का पन्जा’ सिरिजको तयारीमा छन् l

असार १ देखि छायांकन सुरु हुने फिल्मको स्क्रिप्ट अन्तिम चरणमा छ l फिल्ममा दीपकराज गिरी, केदार घिमिरे लगायतको मुख्य भूमिका रहेको छ l

 फिल्मका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले फिल्म फ्लोरमा उत्रने बारे  जानकारी दिएका हुन् l केही समय अघी निर्माण टिमले ‘छक्कापञ्जा ४’को टिजर पनि सार्वजनिक गरेका थिय  ।