थपिए ११ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजारर ७७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन् ।