सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

 वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

उहाँ छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि गएको वैशाख १ गते ललितपुरको किष्ट अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि हिजो डिस्चार्ज गरिएकोले अस्पतालले जनाएको छ ।

यसभन्दा अघि पनि स्वास्थ्यमा समस्या भएपछि उहाँ एक हप्ताको उपचारपछि गएको फागुन २ गते डिस्चार्ज हुनु भएको थियो।

बितेको तीन वर्षदेखि  शताब्दी पुरुष जोशीको उपचार गर्ने जिम्मा किष्ट अस्पतालले लिएको छ ।