व्यङ्ग्य : नेकपा (थाप्रपा) कि राप्रपा (एमाले) ?

तस्वीर : सामाजिक सञ्जाल

‘देशैभर आफ्नो सामर्थ्यले चुनाव लड्छौं’ : लिङ्देन
‘हामी जित्न तयार छौं । तर, त्योभन्दा बढी हार्न तयार छौं !’

डा.केसीले पाँच बुँदे माग राख्दै भने : ‘जुनसुकै बेला पनि सत्याग्रह सुरु गर्छु’
यस्तो पो हो त धम्की भनेको !

‘आगामी चुनावमा बहुमत ल्याएर एमालेले ५ वर्ष सरकार चलाउँछ’ : ओली
५ वर्षमा नेपाललाइ भ्युटावरको देश भनेर चिनाउने प्रतिबद्धता !

‘यो मुलुकको परिवर्तनको वाहक माओवादी नै हो’ : प्रचण्ड
कामरेड २०६५ को अभिव्यक्ति अहिले दिंदै हुनुहुन्छ !

कमल थापाले भने, ‘राप्रपा नेपाल युवाहरूको पार्टी हो’
थापाले आफुलाई भने युवा नेता, सोधे, ‘मेरो जोवन कसले लाने हो ?’

काठमाडौंमा कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिवाना
नकुहिने फोहोरलाई पनि कुहाउन सुरु गर्दै काठमाडौंबासी !

 

मनोज गजुरेल । गजुरियल डटकम