आज २०७८ साल चैत ५ गते शुक्रबारको राशिफल

२०७८ चैत ५ गते, शनिवार, १९ मार्च २०२२ । चैत्र कृष्णपक्ष प्रतिपदा तिथि, १२ः३९ बजेदेखि द्वितीया । हस्त नक्षत्र । चन्द्रराशि– कन्या ।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम सफल हुन सक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कूटनीतिक नियोगको सहयोग मिल्ला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर पहेँलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

श्रमदान गर्ने अवसर मिल्नेछ । अकुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।