मोटरसाइकल दुर्घटनामा दुई जना घाइते

बझाङको बुंगल नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुंगल नगरपालिका–६ झापाबाट वडा नं. ४ विजगडामा जाने क्रममा सु.प्र.प.०१–०१०– प ७०९० नम्बरको मोटरसाइकल चिप्लिदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा बुंगल नगरपालिका–५ मिडीका २५ बर्षिय सुरेश कुँवर र मोटरसाइकलमा सवार बुंगल नगरपालिका–९ देउलीकोट कि २६ बर्षिया गीता मल्ल रहेका छन् । शुक्रबार दिउँसो साढे २ बजे झापाबाट विजगडा जाने क्रममा चिप्लिएर घाइते भएका हुन् ।

घाइते सुरेश कुँवरको टाउको, मुख र हातमा चोट लागेकाले थप उपचारका लागि देउलेख लगिएको र मल्ललाई सामान्य चोट भएकाले विजगडामै उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए । कुँवर स्थानीय रेडियोमा कार्यरत थिए ।