पल शाह फेरि पाँच दिन हिरासतमा

नाबालिगमाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

शुक्रबार जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरले अभिनेता शाहमाथि अनुसन्धानका लागि अदालतले थप पाँच दिनको समय दिएको हो ।

अभिनेता शाहविरुद्ध एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धानका आधारमा पल शाहमाथि बिहेको प्रलोभन देखाएर नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगसहित मुद्दा दायर गरेको हो ।