दुवै सदनका चालु अधिवेशन अन्त्य

सरकारको सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनका चालु अधिवेशन अन्त्य गरेकी छन् ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार मंगलबार मध्यराति १२ बजेबाट दुवै सदनका चालु अधिवेशन अन्त्य गरिएको हो ।

यसले गर्दा आज चैत २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि स्वतः स्थगन भएको उनले जानकारी दिएका छन् ।