जानकी गाउँपालिकाद्वारा करारमा कर्मचारी माग

बाँकेको जानकी गाउँपालिकाले सेवा करारमा कर्मचारी माग गरेको छ ।

पालकिाले एक विज्ञप्ती जारी गर्दै पाँचौ तह सर्भेक्षक इन्जिनियरिङ्ग पदका लागि सेवा करारमा कर्मचारी दरखास्त आहवान गरेको हो ।

पालिका र राष्ट्रिय भुमि आयोग विच भएको कार्य सहमति अनुसार विगतमा संकलन भएका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लागत विवरण अनुसार सम्बन्धित स्थलमा गई नापजाँच सर्भे गर्न कर्मचारी माग गरिएको पालिकाले जनाएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट प्रकाशन भएको मितिदेखि चैत्र ८ गतेसम्म जानकी गाउँपालिका खजुराखुर्द, बाँके कार्यालयमा दरखास्त आहवन गर्न सकिने जनाइएको छ ।