सुँगुरको मुटु प्रत्यारोपण गरेका बिरामीको मृत्यु

काठमाडौं । आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वको पहिलो व्यक्तिको मृत्यु भएको छ।

दुई महिना अगाडि सुँगुरको मुटु प्रत्यारोपण गरेका प्रथम व्यक्ति डेभिड बेनितको मृत्यु भएको हो।

बिबिसीका अनुसार गत जनवरी ७ मा मुटु प्रत्यारोपण भएका बेनितको मंगलबार मृत्यु भएको थियो।

अमेरिकाको मेरिल्यान्ड मेडिकल सेन्टर युनिभर्सिटीका डाक्टरहरुले विशेष इजलास पाएर सुँगुरको मुटु प्रत्यारोपण गरेका थिए।