आज शेयर बजार बन्द रहने

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सेयर बजार बन्द रहने छ ।

एक सय १२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेको हुनाले मंगलबार शेयर बजार पनि बन्द हुने भएको हो ।

सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १.५४ अंकले बढेर २ हजार ५ सय ४४ दशमलब ९३ विन्दु रोकिएको थियो । त्यस्तै, सोमबार २ अर्ब ६० करोड ९ लाख बराबरको कारोबार भएको थियो ।

अब भोलि बुधबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ ।