माओवादी केन्द्रिय समितिमा बाँकेका ४ नेता थपिए

बाँके । माओवादी केन्द्रको जारी केन्द्रिय समिती बैठकमा बाँकेबाट ४ जना केन्द्रिय सदस्य थपिएका छन ।

अखिल क्रन्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपाने, मुश्लिम नेता अतहर हुसेन फारुकी, महिला नेतृहरु पार्वती पुन (उषा) र कृष्णा केसी (नमुना) केन्द्रिय समितीमा थपिएका हुन ।

सोमबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले ९७ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । जसमध्ये बाँकेबाट चार जना नेता मनोनित भएका हुन ।