ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

काठमाडौँ । ललितपुरमा एकै घरमा चार जना मृत फेला परेका छन् । अचेत अवस्थमा फेला परेका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

कोन्ज्योसोम गाउँपालिका–४ नल्लुकी काइली स्याङतानको घरका केही व्यक्ति मृत र घाइते अवस्थामा फेला परेको खबर वडाध्यक्ष तीर्थ घलानले दिएपछि प्रहरीको टोली गइ अनुसन्धान गरेको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मृत फेला पर्नेमा घरमूली ५५ वर्षीया काइली स्याङताङ, २२ वर्षीया बुहारी शुष्मा स्याङताङ, ९ वर्षीय नाति आशिष स्याङताङ र ५ वर्षीया नातिनी आश्मा स्याङताङ रहेका छन् ।

त्यस्तै, अचेत अवस्थमा फेल पर्नेमा २३ वर्षीय छोरा शुभाष स्याङताङ र दुई दिने नाति थिए । उपचारका क्रममा दुई दिने नातीको पाटन अस्पतालमा मृत्यु भएको छ र शुभाषको उपचार हुँदै गरेको प्रहरीले बताएको छ ।

घटनास्थलमा कोइला बालेको देखिएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।