नेपालगञ्जबाट ७ लाखसहित १२ जुवाडे पक्राउ

बाँके । नेपालगञ्जबाट झन्डै सात लाख रकमसहित १२ जुवाडे पक्राउ परेका छन् ।

गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले गएराती नेपालगञ्जस्थित होटेल सिटी प्यालेजबाट ६ लाख ९४ हजार पाँच सय बढी रकमसहित १२ जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालगञ्ज र कैलालीका जुवाडेहरु रहेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जाकनारी दिए । उनका अनुसार पक्राउ परेका सबै चिरपरिचित जुवाडे हुन् ।

जुवाको खालबाट पक्राउ परेकालाई जुवा ऐन न्तर्गत मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया शुरु भइसकेको छ । पक्राउ परेकाहरुलाई आइतवार अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।