कोहलपुरमा बेथितिका श्रृङ्खला

एम्बुलेन्स खरिद नहुँदा कोहलपुर नगरपालिकाभित्र ‘शीत युद्ध’

एम्बुलेन्स भाडामा सञ्चालन गरेवापत १५ लाख बढी रुपैयाँ भुक्तानी गरिसकेको नगरपालिकाभित्र कमिसन नमिलेपछि एम्बुलेन्स खरिदमा ढिलाई भएको चर्चा बाहिरिएको छ ।

बाँके । सधैं बिबादमा आइरहने बाँकेको कोहलपुर नगरपालिकाले गत बर्ष सुविधायुक्त कार खरीद गरेपछि निकै आलोचना भयो । दुईवटा सवारी साधन हुँदा हुँदै मेयरका लागि भन्दै नगरपालिकाले फेरि सुविधायुक्त कार खरिद भएपछि कोहलपुरबासीले मेयर लुटबहादुर रावतको चर्को आलोचना गरे ।

एकपछि अर्को बिबाद निम्तिरहने कोहलपुर नगरपालिकामा फेरि अर्को रहस्य बाहिर आएको छ । बर्सेनी नयाँ गाडी खरिद गरेर सरकारी सम्पति फजुल दोहन गरिरहेको नगरपालिकाले एम्वुलेन्स खरीद गर्न नसक्दा फेरि बिबाद बल्झिएको छ । गत भदौंमा कोहलपुर नगरपालिकाको कार्यपालिकाको बैंठकले नै एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको थियो ।

कार्यपालिकाको निर्णय अनुसार अझै पनि एम्बुलेन्स खरिद गर्न नसकेपछि बिबाद बल्झिन थालेको छ । कोरोना महामारीमा क्रेटा किनेर बिबादित बनेको नगरपालिकाले हालसम्म एम्बुलेन्स किन्न नसकेपछि बिबाद फेरि सतहमा आएको छ । महामारीका बेला एम्बुलेन्स खरिदको साटो ‘क्रेटा कार’ खरिद गरेको नगरपालिकाले चौतर्फी आलोचना भइरहेको छ ।

नगरपालिकाले सामान्य अवस्थामा पनि एम्बुलेन्स सञ्चालन गनुपर्नेमा महामारीको समयमा एम्बुलेन्स खरिद गर्न नसक्नु लाजमर्दो बिषय भएको नगर स्वास्थ्य शाखाका तत्कालिन प्रमुख डिल्लीराज पोख्रेलले बताए । अहिले पनि कोहलपुरमा १०० भन्दा बढिको संख्यामा कोरोना संक्रमित रहेका छन् । उनीहरुका लागि भरपर्दो एम्वुलेन्स छैन ।

नगरपालिकाले विलासिताका लागि सवारी साधन खरिद गर्नुभन्दा एम्वुलेन्स खरीद गर्नुपर्नेमा मेयर रावतको ठाडो निर्देशनमा आवश्यकता पहिचान नगरेरै गत बर्ष क्रेटा गाडी खरिद गरिएको थियो । मेयर रावतको विलासिताका लागि सुविधायुक्त कार खरीद गर्ने कोहलपुर नगरपालिकाभित्रका स्वास्थ्य संस्था भने अहिले पनि एम्वुलेन्सबिहीन छन् ।

कोहलपुर नगरपालिका अन्तरगत १५ वटा स्वास्थ्य संस्था छन् । एम्वुलेन्स नहुँदा यहाँका स्थानीयले सास्ती खेप्दै आएका छन् । नेपालगन्ज उपमहानगरपालिकापछि जिल्लाको दोस्रो ठूलो सहरका रूपमा रहेको कोहलपुर नगरपालिकामा तीन स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य केन्द्र र एउटा सहरी स्वास्थ्य क्लिनिक छन् । नगरपालिकाभित्रका कुनै पनि स्वास्थ्य संस्थामा एम्बुलेन्स छैन ।

कोहलपुर नगरपालिका मातहत दुई वटा बर्थिङ सेन्टरसमेत एम्वुलेन्सबिहीन छन् । ‘बर्थिङ सेन्टरबाट बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको अवस्थामा सधैँ एम्बुलेन्सको अभाव खट्किन्छ,’ स्वास्थ्य शाखाका एक जना कर्मचारीले भने, ‘पटक–पटक स्वास्थ्य शाखाले एम्बुलेन्सको माग गरे पनि हालसम्म खरिद भएको छैन ।’

स्वास्थ्य संस्थामा एम्बुलेन्स नहुनुको पीडा सहरीभन्दा पनि ग्रामीण क्षेत्रका नागरिकलाई बढी छ । कारभन्दा एम्बुलेन्स आवश्यक भएको भन्दै कोहलपुरबासीले मेयर रावतको अहिले पनि आलोचना भइरहेको छ । नगरपालिकाले नयाँ एम्बुलेन्स खरिद नगरी भाडामा सञ्चालन गरेर लाखौं रकम खर्चिएको छ ।

नागरिकले भने यसबाट प्रभावकारी सेवा पाउन नसकेको नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीहरुको भनाई छ । एम्बुलेन्स खरिदका लागि नियमित रूपमा दुई आर्थिक वर्षमा बजेट विनियोजन भए पनि हालसम्म एम्बुलेन्स खरिद गर्न नसकेपछि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच ‘शीत युद्ध’ सुरु भएको नगरपालिका स्रोत बताउँछ ।

कोरोनाको तेस्रो लहर फैलिसक्दा समेत एम्वुलेन्स नआएपछि जनप्रतिनिधि नै असन्तुष्ट बनेका छन् । एमालेबाट निर्वाचित कोहलपुर नगरपालिका कार्यपालिका सदस्य दिलबहादुर परियारले कहिले भन्सार छुटका नाममा, कहिले स्तरीय एम्बुलेन्स खरिद गर्ने बहानामा खरिद हुन नसक्नु बिडम्बना भएको बताएका छन् ।

उनले नीजिले तुरुन्तै खरिद गर्न सक्ने, बुझ्नै नसकिने खरिद प्रक्रिया, भदौमा टेण्डर अहिलेसम्म…., गत वर्ष नगरपालिका र रेडियो प्रतिबोधले सँगसँगै खरिद प्रक्रिया शुरू गरेका थिए । तर नगरपालिकाले खरिद गर्न सकेन रेडियो प्रतिबोधले एम्बुलेन्स खरिद गरेर सञ्चालन गरी सक्यो । धन्य हो सिंहहरू…! भन्दै रोष प्रकट गरेका छन् ।

गत बर्ष कोराना संक्रमण उच्च रहेकै बेला एम्बुलेन्स खरिद गर्नुको सट्टा कोहलपुर नगरपालिकाले खरिद गरेको ‘क्रेटा कार’ ।

उनले जनमुखी काममा ध्यान, समय र कानुन बाधक हुने, अन्तिम समयमा स्तरीय एम्वुलेन्स खरिद गर्न नसकी झण्डै मासिक रू.१ लाखमा थोत्रो एम्बुलेन्स भाडामा लिई काम चलाउने भन्दै आक्रोश व्यक्त गरेका छन् । नगरपालिकाले एम्बुलेन्स भाडामा सञ्चालन गरेवापत एक बर्षको अवधिमा १५ लाख बढी रुपैयाँ भुक्तानी गरिसकेको छ ।

नगरपालिकाले आफैले एम्वुलेन्स खरिद गरेर सञ्चालन गरेको भए यति ठुलो रकम खर्च हुने थिएन । नगरपालिका स्रोतले भन्यो, ‘एम्वुलेन्स खरिद गर्न पुग्ने बराबरको रकम भाडाकै एम्वुलेन्समा खर्च भइसक्यो, तर अझै एम्वुलेन्स खरिद गर्ने सुरसार छैन । एम्वुलेन्स खरिद गर्न न जनप्रतिनिधिलाई वास्ता छ, न त कर्मचारी प्रशासनलाई नै वास्ता छ ।’

कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले भने एम्वुलेन्स खरिदका लागि आफु आउनुभन्दा नै पहिले नै टेन्डर भए पनि पक्रिया नपुगेर समस्या भएको दावी गरे । ‘प्रक्रिया नपुगेपछि भन्सारले रोक्का गरेको देखिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत ढकालले भने, ‘त्यसको विभिन्न प्रक्रियाहरु अपनाउनुपर्ने हुुन्छ ।’

जिल्ला एम्वुलेन्स सञ्चालन समितिपछि प्रदेश स्वास्थ्य मन्त्रालय हुँदै संघीय स्वास्थ्य मन्त्रालयदेखि अर्थ मन्त्रालयबाट स्वीकृत गरी भन्सार छुटको प्रक्रिया पुर्याएर मात्र एम्बुलेन्सको खरिद गर्न सकिने व्यवस्था छ । सोही अनुसार नगरपालिकाले खरिद प्रक्रियाका लागि पत्र पठाइसकेको पनि प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

एम्वुलेन्स खरिदबाट पाउनुपर्ने कमिसनका विषयमा एम्वुलेन्स उपलब्न गराउने कम्पनी, जनप्रतिनिधि र कर्मचारीबीच कुरा नमिलेपछि खरिदमा ढिलाई भएको चर्चा बाहिरिएको छ । ‘अन्य संस्थाले चाहेमा केही महिनाभित्रै एम्वुलेन्स खरिद गर्न सक्छन् । नगरपालिकाले प्रक्रिया नमिलेको भन्ने तर्क तथ्यहिन हो,’ कोहलपुरका एक स्थानीयले भने ।

कोहलपुरका लागि एम्बुलेन्स आवश्यक ठानेर बारम्बार बजेट विनियोजन गरे पनि कार्यपालिकाले गरेको निर्णयअनुसार एक बर्षसम्म एम्बुलेन्स खरिद हुन नसकेपछि विभिन्न आशंकाहरु भइरहेका बेला प्रमुख प्रशासकीय अधिकृत ढकालले कमिसनले नभएर प्रक्रिया अनुसार काम नभएपछि एम्बुलेन्स खरिदमा ढिलाई भएको दावी गरे ।

नगरपालिकाले प्रसुति गृह बनाउन नसकेर प्रतिवर्ष करिव दुई करोड बढी रकम मेडिकल कलेजलाई दिइरहेको छ भने एउटा एम्वुलेन्स खरिद गर्नुको साटो जनप्रतिनिधि र कर्मचारीको विलासिताका लागि भने तत्कालै नयाँ गाडी खरिद गरी सरकारी सम्पति दोहन गर्नु ठिक नभएको नगरबासीहरुको भनाई छ ।

पर्याप्त सवारी साधन हुँदाहुँदै मेयरको विलासिताका लागि लाखौंको गाडी खरीद गरेको नगरपालिकाले भन्सार छुटमा सस्तोमै किन्न सकिने एम्वुलेन्स खरीद नगरेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेको कोहलपुरका नागरिकहरुको आक्रोश छ । मेयर रावत विकास निर्माणमा भन्दा सरकारी सम्पतिको चरम दोहनमा सक्रिय भएको आरोप छ ।

मेयर रावतले विलासिताका नयाँ गाडी खरिद गरेर सरकारी सम्पतिमा लुट मच्चाएको कोहलपुरका नागरिकहरुको आरोप छ । नगरपालिकामा हाल एउटा महिन्द्राको स्कारपियो, क्रेटा कार, एउटा टाटा सुमो गाडीका साथै कर्मचारी र जनप्रतिनिधिका लागि झण्डै तीन दर्जन मोटरसाइकल, एउटा स्कुटर रहेको स्टोर शाखाले जनाएको छ ।

स्थानीय तहको निर्वाचनपछि कार्यभार सम्हालेदेखि विवादमा आइरहेका मेयर रावत जनविरोधी र विकास विरोधी मेयरका रुपमा चिनिन्छन् । गत बर्ष हाइमास्टमा बत्ति बाल्न विद्युत प्राधिकरणको सहमतिविनै विद्युत चोरीको आरोप लागेको नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीकै कारण पटक पटक आरोप र विवादमा फस्दै आएको छ ।

 

सम्बन्धीत समाचारहरु :

 

कोरोनाको भुँग्रोमा कोहलपुरबासी, लाज पचाउँदै उद्घाटनतिर ‘मेयर लुटबहादुर’

 

कोहलपुर नगरपालिकामा काण्डैकाण्ड, ‘१७ कोठामा, ३० वटा एसी’

 

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिका, ‘अनियमितता लुकाउन भ्रामक विज्ञप्ती’

 

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिकाभित्रका तीन पात्र, ‘छवि, दिल र अग्नी’

 

भ्रष्टाचारको दलदलमा कोहलपुर, जनप्रतिनिधिको ‘कालो झोलामा’ नगरपालिका

 

बदनाम कोहलपुर नगरपालिका : ‘जनप्रतिनिधि र कर्मचारीको कमाउधन्दा चलाउने अड्डा’

 

कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च

 

कोहलपुरमा चरम आर्थिक घोटाला, किन लुकाइयो छानविन समितिका प्रतिवेदन ?

 

कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग

 

कोहलपुरमा बेतिथि : प्रसुति गृहको रकममै लुटतन्त्र

 

कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’

 

कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’

 

स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार

 

भ्रष्टाचार छानबिनको माग गर्दै कोहलपुर नगरपालिका तालाबन्दी

 

स्थानीय तहमा चरम बेतिथि : साढे चार बर्षमा कोहलपुरमा फेरिए नौं जना ‘हाकिम’, प्रमूख कारण भ्रष्टाचार

 

कोहलपुर नगरपालिकाको साढे चार बर्षे उपलब्धी : कोहलपुर नगरपालिका ‘कर्मचारी भर्ती केन्द्र र भ्रष्टचारको अखडा’