लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

 बाँके । लेनदेन मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० बस्ने २७ वर्षीय प्रदीप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेबाट २०७६ साल बैशाख २० गते भएको फैसलाले ६ महिना कैदसजाय पाएका क्षेत्री हालसम्म फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई पक्राउ गरी शुक्रवार जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।