कोरोना संक्रमित भएकी गायिका लता मंगेशकर अस्पताल भर्ना

काठमाडौं ।  भारतकी चर्चित गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छन् ।

कोरोनाभाइरसको संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतिय मिडियामा जनाइएको छ ।

कोरोना संक्रमित भएकी लतालाई मुम्बईको एउटा अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनलाई निमोनियाको पनि संकेत देखिएको छ ।

उनलाई आईसीयुमा राखेर उपचार गरिएको छ तर स्वास्थ्य अवस्था सामान्य रहेको मिडियामा बताइएको छ ।