गायक सीतारामको ‘काँडा उम्रियो’ १० लाख २५ हजारको क्लबमा

काठमाडौं । नेपाली ज्याँकी सर्राफ नै मानिएका ख्यातिप्राप्त गायक सीताराम पोखरेलको यो बर्षको नयाँ गीत काँडा उम्रियोले छोटो समयमा नै १० लाख २५ हजारभन्दा बढीको क्लबमा प्रवेश गरेको छ ।

अंग्रेजी नयाँ बर्ष २०२२ को जनवरी ९ सम्म आइपुग्दा १० लाख २५ हजार ६१६ को क्लबमा रेकर्ड राख्न सफल भएको हो । नेपाली पप म्युजिक फ्लेवरको गजबको नेपाली आधुनिक गीत गायक पोखरेलको काँडा उम्रियो हुन पुगेको छ ।

जसको कारण पनि लाखौं लाखले मन पराएर लाखको क्लबमा छोटो समयमा पुगेको हो । यसवाट नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका गायक पोखरेल अझ धेरै उत्साहित बनेका छन् । यसको लागि सवैलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्ने कार्य गायक पोखरेलवाट भएको छ ।

पश्चिम नेपालका सुन्दर नगर पोखरा लगायतका रमणीय स्थानहरुमा छायाँकन भएको यो गीतको भिडियोमा तन्नेरी पुस्ताको मायामा आकर्षण र समर्पण कथावस्तुमा रोमाञ्चक ढंगवाट गजबले प्रस्तुत गरिएको छ ।

दीपक शर्माको काँडा उम्रिने गीत–संगीतमा यो बर्ष गायक पोखरेलको गायनमा बेग्लै आवाज र दम पाइएको छ । जिवेश गुरुङ, स्मारिका ढकाल लगायतकाको बुलन्द अभिनय रहेको गीतको भिडियोमा मिलन शंकरको छायाँकन र सम्पादन प्रविण भट्टको रहेको छ । निर्देशन नेत्र गुरुङले गरेका छन् ।